रामेछापमा दुर्घटना भएको गाडीले सवारी पास लिएको थिएनः प्रजिअ शर्मा



१८ चैत्र, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछापको खाँडादेवी–१ राकाथुमस्थित माझी गाउँमा आज दुर्घटना भएको बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको बताउनुभएको छ । उहाँले प्रशासनको आँखा छलेर क्षमता भन्दा बढी यात्रु बोकेर गाडी सञ्चालन गर्दा दुःखद घटना हुन पुगेको बताउनुभएको हो ।
प्रजिअ शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले जिल्लाभित्र गाडी प्रवेशमा निकै कडा गरेका छौ, गाडीको सीट क्षमता भन्दा बढी यात्रु बोक्न दिएका छैनौ, जिल्ला भित्र्ने यात्रुहरुको सबैको तथ्याङक राख्ने गरेका छौं ।’

रातीको समयमा प्रशासनको आँखा छलेर गाडी चलाउदा दुर्घटना पुगेको बताउदै दुःखद घटनाबाट पाठ सिक्न जरुरी रहेको बताउुनुभयो । उहाँले भन्नुभयो,‘मैले यस बारेमा गृह मन्त्रालयलाई जानकारी गराएको छु, काठमाडौ, भक्तपुर र काभ्रेका प्रमुख जिल्ला अधिकारीसँग रामेछाप जिल्लाभित्र अत्यावश्यक बाहेक यसरी सवारी सञ्चालनको पास नदिन आग्रह गरेको छु ।’ प्रजिअ शर्माले गाडी दुर्घटनमा निधन हुनुभएका दुई जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्