राहत वितरण गर्दा भिड जम्मा नगर्न रामेछापका स्थानीय तहलाई प्रशासनको निर्देशन
२५ चैत्र, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका आठ वटै स्थानीय तहलाई राहत र सहायता वितरण गर्दा भिड जम्मा गरेर वितरण नगर्न आग्रह गरेको छ । भिड जम्मा नगर्न र लगतको आधारमा घर घरबाटै वितरण गर्नु परेमा एक मिटरको दुरी कायम गरेर वितरण गर्न आग्रह गरेको हो ।
मंगलवार रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले जारी गर्नुभएको विज्ञप्तीमा जिल्लाभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान झन कडाई गरेको बताउनुभएको छ । जिल्लाभित्र डिउटीमा खटिने सुरक्षाकर्मीहरु एक मिटरको दुरीमा रहेर बस्न निर्देशन दिदै प्रजिअ शर्माले लकडाउनको पूर्ण पालना गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो ।
विज्ञप्तीमा स्वास्थ्य औषधी, फार्मेसी, एम्बुलेन्स, शव बाहन, इन्धन, दुरसञ्चार बाहेका अन्य अत्यावश्यक खाद्यन्न दुध, तरकारी, ग्यास डिपोहरुले बिहान १० बजेदेखि दिउसो १ बजेसम्म एक मिटर दुरी कामय गरी सेवा प्रवाह गर्न भनिएको छ ।