रामेछापमा उच्च ज्वरोको कारण एक जनाको मृत्यु, स्यापल परीक्षण गर्न धुलिखेल पढाइयो



२६ चैत्र, रामेछाप ।
रामेछाप जिल्लामा उच्च ज्वरोको कारण एक जनाको मृत्यु भएको छ । उच्च ज्वरोको कारण मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार गर्ने क्रममा मन्थली नगरपालिका–११ का ६७ बर्षका तुला थापा मगरेको मृत्यु भएको हो । मंगलवार साँझ अस्पताल भर्ना भएका थापामगरको राती ११ः३० मा मृत्यु भएको अस्पताले बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले मृतकको स्यापल परीक्षणको लागि राती नै धुलिखेल अस्पताल पठाइएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म कोरोना भएको हो कि होइन भन्ने रिपोर्ट आउनेछ । तामाकोसी सहकारी अस्पत्तालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले अस्पताल सिल गरिएको बताउदै उपचारमा संलग्न चिकित्सकको टिमलाई क्वारेन्टनमा राखिएको जानकारी दिनुभयो ।
कोरानाको आशकामा हामीले स्यापल टेस्ट गर्नको लागि धुलिखेल अस्पताल पठाएका छौ’, कर्णले रामेछाप न्युजसँग भन्नुभयो,‘मृतक थापामगरलाई १०१.१ डिग्री ज्वरो आएको अस्पतालको रिपोर्ट छ ।’ मृतक थापा मगर विदेशबाट आएको नभई घरमै बसिरहेको अवस्थामा केही दिनयता ज्वरोको बिरामी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्