काठमाडौंबाट भोली र पर्सी बाहिर पठाउने निर्णय रद्द
२७ चैत्र, काठमाडौं ।
भोली र पर्सी काठमाडौंबाट बाहिर जान पाइने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको विषयमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भएपनि कुनै निर्णय नभएको बताएको छ ।
कोरोनाको संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महशुस गरी लकडाउनलाइंलाई जारी राखिएको अवस्थामा दुई दिन सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन सम्भव नभएको बताएको छ ।
यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ भन्ने प्रश्न गदै कोरोना भाइरस रोकथाम तथा नियनत्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले सार्वजनिक गरिएको समाचारमा सत्यता नभएकाे बताउनुभयाे ।
तर सरकारले दुइ दिन काठमाडाै बाहिर जाने निणय गरेकाे बिषय सावजनिक गरेकाे थियाे ।