रामेछापमा पनि भोलीबाट कोरोना र्‍यापिड टेष्ट गरिदै



३० चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको नमूना परीक्षणको काम सरकारले तीब्र गतिमा अगाडि बढाएको छ । सरकारले रामेछाप जिल्लाभित्र पनि र्यापिड डायगोनोस्टिक टेस्ट (आरडीटी)बाट कोरोनाको आशंका लागेका व्यक्तिहरुको परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई तीन सय थान किट उपलब्ध गराएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले तीन सय किट प्राप्त भएको बताउदै भोलीबाट नै परीक्षणको काम सुरु गर्ने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘सुरुमा भोलीबाट मन्थली नगरपालिका र पर्सी रामेछाप नगरपालिकामा परीक्षण गर्दै, क्वारेन्टाइनमा रहेका व्यक्ति र उनीहरुको परिवारका सदस्यहरुलाई पहिलो चरणमा परीक्षण गछौं ।’

रामेछाप जिल्लामा ६५ जना होम क्वारेन्टानमा रहेका बताउदै कर्णले आवश्यक टिक प्राप्त भइसकेकाले तीब्र गतिमा नमूना परीक्षणको काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्