रामेछापमा ५२ जनाको र्यापिड टेष्ट, विदेशबाट आएका निगरानीमा
४ वैशाक, रामेछाप ।
रामेछाप जिल्लामा विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका ५२ जनको र्यापिड टेस्ट गरिएको छ । सरकारले किट उपलब्ध गराएसँगै तीन वटा टोलीले रामेछापका विभिन्न स्थानीय तहमा र्यापिड टेस्ट सुरु गरेको हो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिुभयो । जिल्लामा वैशाक १ गतेबाट पहिलो चरणमा विदेशबाट आएर होम क्वारेन्टाइमा बस्नेहरुको परीक्षण सुरु गरिएको थियो ।
जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जना र गोकुलगंगा गाउँपालिकामा १३ जनाको र्यापिड टेस्ट गरिएको कर्णले बताउनुभयो । उहाँका अनुसार बाँकी स्थानीय तहमा पनि तीब्र गतिमा परीक्षण गरिनेछ ।
खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते , गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते र्यापिड टेस्ट गराउने कार्यक्रम तय भएको बताउदै कर्णले चैत्र उमाकुण्ड गाउँपालिकामा समन्वय गरेर परीषण गरिएको जानकारी दिनुभयो । रामेछाप जिल्लाभित्र हाल ६९ जना विदेशबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेका छन् ।
रामेछापका आठ वटै स्थानीय तहले विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरी निगरानी बढाउदै आएका छन् ।