फलोअफः नेता श्रेष्ठको नेतृत्वमा अलपत्र कार्कीको अप्रेसन हुँदै
६ वैशाक, काठमाडौं ।
वीर अस्पतालमा वेवारिसे अवस्थामा रहनुभएका रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवासका तारा बहादुर कार्कीको उपचार सुरु भएको छ । नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको नेतृत्वमा उपचार अगाडि बढाइएको हो ।
वीर अस्पतालमा कार्की वेवारिसे भएको विषयमा समाचार प्रकाशित भएपछि श्रेष्ठले शुक्रवारबाटै उपचार प्रक्रिया अगाडि बढाउन पहल गरनु भएकाे थियाे । तीन दिन अघि बौद्धमा बेबारिसे अवस्थामा फेला परेका कार्कीलाई स्थानीयले उद्धार गरेर वीर अस्पाल पुर्याएका थिए । तर अस्पतालमा आफन्त र चिनेका व्यक्ति नहुँदा उहाँको उपचार प्रक्रिया अगाडि बढन सकेको थिएन ।
श्रेष्ठले रामेछाप न्युजसँग भन्नुभयो,‘भर्ना गरेर उपचारको काम अगाडि बढिसकेकाे छ, सोलुका प्रदिप घिमिरेजील सहयोग गरिरहनुभएको छ, कार्कीको अवस्था गम्भीर भएकाले अहिले अप्रेसनको काम अगाडि बढेको छ ।’ उहाँले अचेत अवस्थामा रहनुभएका कार्कीको जीवन बचाउन आफूहरु लागि परेको बताउनुभयो । श्रेष्ठका अनुसार कार्कीको टाउकोमा रगत जमेकाले तत्काल अप्रेसनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । ।