कोरोना संक्रमित श्रेष्ठ स्वस्थ्य भएर घर फर्किन



६ वैशाक, काठमाडौं ।

फ्रान्सबाट आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपछि शनिबार घर फर्किएकी छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत १० गते उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् । उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

तस्बिरःमाधव तिवारी, स्वास्थ्य मन्त्रालय

गत चैत ९ गते बेलुकी उनमा कोरोनाभाइरस संक्रमण देखिएको भोलिपल्टदेखि उनी अस्पतालमा उपचाररत थिइन् । उनी गत चैत ४ गते नेपाल आएकी थिइन् । चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्