आइसोलेसनमा भर्ना भएका रामेछापका एक युवकको आरडिटी रिपोर्ट नेगेटिभ, स्वाब परीक्षण गर्न धुलिखेल पठाइयो



६ वैशाक, रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा ज्वरोको कारण एक जना बिरामी आइसोलेसनमा भर्ना भएका छन् । तीन दिन अघिबाट ज्वरो आउने क्रम नरोकिएपछि मन्थलीस्थित तामाकोसी अस्पताल भर्ना भएका ती युवालाइ आज उक्त अस्प्ताले जिल्ला अस्पताल रामेछापमा रिर्फर गरेको थियो ।

रुघा खोकी लाग्ने र ज्वरो आएको कारण अस्पताल भर्ना भएका व्यक्तिको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका डा.आन्नद आचार्यले जानकारी दिनुभयो । अहिले बिरामीको अवस्था सामान्य छ, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘ज्वरोको मात्रा पनि घटेको छ, थप रिपोर्टको लागि हामीले स्वाब संकलन गरेर परीक्षणको लागि धुलिखेल अस्पताल पठाएका छौ, भोलीसम्म रिपोर्ट आउछ ।’
मन्थली नगरपालिका–१ मन्थलीका करिब २६ बर्षिय युवक मन्थलीमै बसोबास गर्दै आएको बताइएको छ । स्वाबको रिपोर्ट आएपछि मात्र के भएको हो भन्ने अवस्था छ, अहिले यही भएको हो भनेर आशंका गर्ने सकिदैन, डा. आचार्यले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्