नेकपाको आकास्मिक सचिवालय बैठक बालुवाटारमा जारी



८ वैशाक, काठमाडौं ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेसँगै सत्तारुढ दल नेकपाभित्र विवाद बढेपछि अहिले प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा सचिवालयको बैठक बसिरहेको छ ।

पार्टीमा परामर्श विना नै मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै नेकपाभित्र तरंग पैदा भएको छ । मन्त्रीपरिषदले पठाएको अध्यादेश राष्ट्रिपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्