उमाकुण्ड गाउँपालिकाको निर्णयः जो जहाँ छ, त्यही राहत पुर्याउने, समस्यामा परेकालाई सम्पर्क गर्न आग्रह
८ वैशाक, रामेछाप ।
लकडाउनको कारण आफना नागरिकहरुलाई गाउँपालिका ल्याउन सम्भव नभएपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले गाउँपालिका नागरिक भएकै ठाउँमा राहत पुर्याउने निर्णय गरेको छ । गाउँपालिकाले काठमाडौं उपत्यका सहित देशभर रहेका आफना नागरिकहरुलाई समन्वय गरेर राहत पुर्याउने निर्णय गरेको हो ।
सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै गाउँपालिकाले रोजगारी, अध्ययन, विभिन्न पेशा तथा व्यवसाय र अन्य बिभिन्न कामको सिलसिलामा काठमाडौ, ललितपुर, भक्तपुर लगाएत देशको विभिन्न भूभागमा रहका आफनो नागरिकहरुलाई सहयोग पुर्याउने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप न्युजसँग भन्नुभयो,‘लकडाउनको कारण समस्यमा परि अलपत्र पर्नु भएको छ भने हामीलाई फोन गर्नुहोस, गाउँपालिकाले सम्वन्धित स्थानीय सरकारहरुसँग समन्वय गरि आवश्यक राहत र उद्धारको काम गर्ने गर्ने जानकारी गदाउदछौं ।’