रामेछापको तामाकोसी नदी किनारामा पौडी खेल्ने क्रममा एक वेपत्ता (भिडियाेसहित)



१३ वैशाक, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको मन्थली एरपोर्टसँगै रहेको तामाकोसी नदीमा एक व्यक्ति वेपत्ता भएका छन् । मन्थली विमानस्थलको संरक्षण गर्नको लागि हाल तामाकोसी नदी किनारामा ग्यबिङ (जाली) हाल्ने काम भइरहेको छ । ग्याविङ हाल्ने क्रममा तामाकोसी नदी किनारामा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा करिब १८ बर्षिय व्यक्ति वेपत्ता भएका हुन् ।

गर्मी भएपछि तीन जना व्यक्ति उक्त दह भएको ठाउँमाा पौडी खेल्न गएका थिए । पौडी खेल्न गएको मन्थली नगरपालिका–२ का व्यक्ति सकुशल बाहिर निस्किए पनि एक जना भने वेपत्ता भएको स्थानीय सानु रोक्का क्षेत्रीले रामेछाप न्युजलाई जानकारी दिनुभयो । अहिले वेपत्ता भएको खोजी गर्न स्काभेटरको प्रयोग गरिएको छ ।

वेपत्ता व्यक्तिको खोजी गर्न शसस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । मन्थली बिमानस्थल तामाकोसी नदी किनारसँगै जोडिएको छ । सरकारले थप व्यवस्थित बनाउनको लागि ग्याबिङ हाल्ने ठेक्का लगाएको छ । उक्त निर्माणको ठेक्का कान्छाराम कन्ट्रसनले पाएको छ ।

भिडियाे 

https://www.facebook.com/ROJHANROKA/videos/pcb.2770849676317462/2770846072984489/?type=3&theater

प्रतिक्रिया दिनुहोस्