लकडाउन थप ७ दिन लम्ब्याउने सरकारको तयारी
१३ वैशाख, काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने सुझाव दिएको छ । समितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी तयार पारेर निर्देशन दिनुभएको थियो । सोही बमोजिम थप एक साता लकडाउन लम्ब्याउन समितिले सरकारलाई सिफारिस गरेको हो ।
कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्याकमा रहेको निष्कर्ष निकालेको छ ।
त्यसलगत्तै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने सुझाव दिएको छ । समितिको सुझाव समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरू बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । लकडाउन थप्ने निर्णय भने मन्त्रीपरिषद्को बैठकले गर्नेछ ।