कोरोना र राज्यको दायित्व
सन् २०१९ को अन्त्यतिर चीनको बुहानबाट उद्गम भएको कोरोना भाइरस (कोभिड–१९) ले हाल विश्व प्रणालीलाई नै चुनौती दिइरहेको छ । महामारीको रुपमा फैलिएको यस भाइरसले विश्वभरनै वितण्डा मच्चाएको छ । दिनप्रतिदिन यसको संक्रमण बढ्दो गतिमा छ । यसबाट बच्न विश्वका शक्तिशाली देशहरुमा औषधी तथा खोप बनाउने प्रयासहरु भैरहेपनि ती पूर्णत सफल हुन सकेका छैनन् । जसले गर्दा मानिसहरुको जनजीवन झन कष्ठकर बन्दै गएको छ । संसारका धेरै देशहरु कुनै न कुनै रुपमा आज लकडाउनमा छन् । संसारभर स्वतन्त्र विचरण गर्ने तथा सबैलाई आफ्नो नियन्त्रणमा राख्न सक्ने मानिसहरु आज बन्दी झै घरभित्रै बस्न विवश छन् ।
हुन त विभिन्न समयमा विश्वभर महामारी नफैलिएको होइन । कुनै बेला प्राकृतिक विपत् त, कुनै बेला मानव सिर्जित महामारीका कारण मानवको जनजीवन कष्टकर बनेकै हो । कहिले प्लेग त कहिले ब्ल्याकडेथm, कहिले इबोला त कहिले स्वाइनफ्लु cfआदिको कारणले जनजीवनलाई प्रभावित पारेकै हो । तर पनि ती महामारीले विश्वका सबै मुलुकलाई आतंकित पार्न सकेfsका थिएनन् । ती महामारी कुनै एक वा केही मुलुकमा मात्र सिमित थिए । जसले गर्दा अन्य मुलुकहरुलाई पुँजी आर्जन गर्ने अवसर बन्यो । तर कोरोनाको आतंकले त आज विश्व नै त्राहिमाम् बनेको छ । यसको मृत्युदर हेर्दा अन्य महामारीको भन्दा कम नै छ तैपनि यसले संसारका महाशक्ति भनिने देशलाई नै ठूलो हानी पुर्याएको देखिन्छ । हाल यसले विश्वका सबै देशलाई आतंकित पारेको छ ।
कोरोना भाइरस संसारभर तिब्र गतिमा फैलिरहेको कारण मानिसहरुलाई आफ्नै घरमा बस्न निर्देशन दिइएको छ । परदेशमा रोजगारीका सिलसिलामा बिदेशिएका नेपालीहरु आफ्नो देश फर्कन पाएका छैनन् । यसले एकातिर सामाजिक दूरी बढाएको छ भने अर्कोतिर मान्छेले मान्छेलाई देख्दा पनि असुरक्षित महसुस गर्नु परेको छ । सामाजीक जीवन कष्टकर बनाएको यो महामारी नियन्त्रण गर्न नेपालमा चैत्र ११ गतेदेखि सुरु भएको बन्दाबन्दी हालसम्म कायम नै छ । यसबाट बहुसंख्यक श्रमिक तथा गरिबले नै मुख्य रुपमा समस्या भोग्नुपरेको छ । सहरमा रोजीरोटीको समस्या समाधान गर्न आएका बहुसंख्यक समूह आम्दानीबिहिन बनेका छन् । एकातिर महामारीबाट बच्नु त छँदैछ भने अर्कोतर्फ भोकले मर्नु पर्ने अवस्था सिर्जना हुँदैछ । त्यसैले श्रमिकहरु दिनरात नभनी हिँडेर गाउँ पुगिरहेका छन् ।शहरमा रहेका श्रमिकहरु कामको अभावमा माम खान पाएका छैनन् भने गाउँमा रहेका किसानहरु अर्म पर्मको बन्देजले पाकेको बाली भित्र्याउन तथा नयाँ बाली लगाउन पाएका छैनन् । यसतर्फ राज्य संवेदनशील बन्नै पर्दछ ।
कोरोना भाइरसको कारणले विश्वव्यापी रुपमा भय त्रास र शंका मात्र देखिन्छ । सधै थप संक्रमित तथा मानव मृत्युका समाचारले सञ्चारमाध्यमहरुमा डेरा जमाउँदा मानिसको मन त्रसित बन्न पुगेको छ । यसको कारणले रोजगार गन्तव्य मुलुक धराशायी बन्ने अनुमान गर्न सकिन्छ । रेमिट्यान्समा आधारित हाम्रो जस्तो मुलुकको अर्थतन्त्रको लागि रोजगार गन्तव्य मुलुक नै धराशायी बनेपछि गन्तव्य मुलुकले रोजगारी कटौती गरेमा त यसले हामीलाई नराम्ररी पिरोल्नेछ । त्यसैले राष्ट्रिय अर्थतन्त्र धराशायी हुने अवस्था आउन नदिन बेलैमा राज्यले स्वनिर्भरता उन्मुख आर्थिक निति अवलम्बन गर्नुपर्ने जरुरी देखिन्छ । अब पनि हाम्रा बाझो खेत तथा बारीहरुमा खेती गर्न उत्प्रेरित गरी कृषी उत्पादनमा बृद्धि गर्न नसकिएका हामीले ठुलो क्षति बेहोर्नुपर्ने निश्चित छ । अत जनस्तरदेखि राज्यस्तरसम्म कृषिको विकासमा लाग्ने हो भने कोरोनाको कारण धराशायी भएको अर्थतन्त्र उकास्न सकिन्छ ।
हुनत कोरोना भाइरस बिरुद्धको औषधि वा खोप बनाउन संसारभर नै प्रयत्न भै रहेको छ । केही समयमा यो प्रयास सफल पनि होला । तर एकातिर ती औषधी वा खोप हामीसम्म आइपुग्न समय लाग्न सक्छ भने अर्कोतिर ती हामी जस्ता गरिबीले पिल्सिएका व्यक्तिको लागि आकाशको फल आँखातरि मर हुन पनि सक्ने देखिन्छ । अत यसको लागि सरकार जिम्मेवार हुनु जरुरी छ ।
यस्ता महामारीहरु विश्वमा बेलाबेलामा देखिएकै हुन् । तैपनि मानव जाति अगाडि बढिरहेकै देखिन्छ । केही समय यसले पनि हामीलाई आक्रान्त बनाउला तर यसप्रति पनि मानव जातिको विजय निश्चित छ । उपचार पत्ता लागि नसकेको वर्तमान समयमा यस भाइरसको रोकथामका लागि सामाजिक दूरी नै प्रमुख उपाय मानिन्छ । dfddअत जनताको जीवन रक्षाको लागि लकडाउन मात्र एकमात्र विकल्प भई हामी लकडाउनमा नै छौ । यसले रोजगारी क्षेत्रमा ठूलै असर गरे पनि तत्पश्चात् कृषिजन्य उत्पादनमा बेरोजगारलाई लगाउन सके पक्कै देशले काँचुली फेर्नेछ ।