रामेछापमा दुई जनालाई कोरोनाको आशंका, आइसोलेसनमा उपचार हुँदै



१७ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा दुई जना व्यक्तिलाई कोरोना भाइरससँग मिल्दोजुल्दोल लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । जिल्ला अस्पताल रामेछापमा भर्ना भएका एक महिला र एक पुरुषको आइसोलेसनमा राखेर उपचार भएको छ ।
कोरोनाको आशंकामा दुवै व्यक्तिको स्वाब परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ल अस्पताल रामेछापका डा. आनन्द आचार्यले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको आशका महिला सर्लाही घर भएर हाल मन्थलीमा व्यवसायी गर्दे आएको र अर्का पुरुष मन्थली नगरपालिकाकै रहेका छन् ।
पुरुष भने केही दिन अघि मात्र तराईबाट गाडी चलाएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । महिला एक महिना अघि सर्लाहीबाट रामेछाप आएको बताइएको छ । महिलाको श्रीमान र छोराछोरी सहित ४ जनालाई रामेछाप नगरपालिकाले तयार पारेको क्वान्टिनमा राखिएको छ ।
र्यापिड टेस्टको भर पर्नु भन्दा स्वाब परीक्षण नै भरपर्दो भएकाले धुलिखेल अस्पताल पठाइएको बताउदै डा. आचार्यले भोली र पर्सीमा दुवै जनाको रिपोर्ट आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्