‘नांगो तार छ, हावाहुरी र चटयाङले अवरोध गर्दा होल सिस्टमै समस्या पर्छ’



१६ वैशाक, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हाले लत्तगै जादुमय ढंगले कुलमान घिसिङले १८ घण्टासम्म रहेको लोडसेडिङ हटाएर नेपाली जनताको स्यावासी पाउनुभयो । आज बिजुलीको नाम नै परिवर्त भएर बिजुली जादा पनि ‘कुलमान’ गयो भन्ने गरिन्छ । बिजुली आउदा ‘कुलमान’ आयो भन्ने सबै नेपालीको मनमनमा झुण्डिएको छ यो शब्द । कुलमान घिसिङले यो सबै काम गरेर पाएको नाम हो ।
लोडसेडिङ हटेसँगै देश क्रमश विद्युतमा आत्मनिर्भर हुने अवस्थामा पुगेको छ ।

लकडाउनको अवधिमा पनि प्रभावकारी विद्युत सेवा प्रदान गर्न कुलमान घिसिङ अहिले पनि अहोरात्र खटिदै आउनुभएको छ । लकडाउनको समयमा पनि कुलमानको दैनिकी उस्तै छ । लकडानको अवधिमा आउनसक्ने सम्भावित समस्या र आएका समस्या तत्काल समाधान गर्न २४ सै घण्टा कर्मचारीलाई परिचालन गरिएको छ ।

लोडसेडिङ हटेपनि अहिले पनि झ्याप झ्याप बिजुली जाने समस्या भने कायमै छ । हरेक बर्ष माघदेखि भदौ महिनामा झ्याप झ्याप बिजुली लाने गरेको छ । केही सेकेन्ट बिजुली जादा पनि मानिसहरुले कुलमानकै नाम लिने गर्छन । किनकी अहिले लोडसेडिङ छैन् । आखिर झ्याप झ्याप बिजुली किन जान्छ त ? भन्ने रामेछाप न्युजको जिज्ञासामा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्नुहुन्छ,‘अहिले लोडसेडिङ छैन, बर्षा, हावाहुरी, चटयाङ र जंगलको कारण झ्याप झ्याप बिजुली जान्छ ।’

चटयाङको कारण प्रशारण लाइनमा अवरोध हुने गर्दा त्यसको मर्मत गर्न समय लाग्ने बताउदै हावाहुरीको कारण रुख ढलेर विद्युत प्रवाहलाई अवरुद्ध गर्ने गरेको उहाँ बताउनुहुन्छ । ‘प्राधिकरणले २४ सै घण्टा विद्युत सेवा दिनको लागि रातदिन कर्मचारी खटाएको छ, प्राकृतिक रुपमा आइपर्ने समस्याले गर्दा पनि झ्याप झ्याप विद्युत जान्छ, हामी समस्या सृजना हुनासाथ मर्मत गरेर विद्युत सेवा सुचारु गर्दै आएका छौं ।’
प्रसारण लाइन आसपासमा रुखहर ढल्ने भएकाले पनि विषयगरी चैत्र वैशाक जेठ महिनामा बढी समस्या हुने गरेको बताउदै घिसिङले रुख कटान गर्न वनको अनुमति विना काम गर्न नसकिने बताउनुभयो । काठमाडौं उपत्यकाभित्र विभिन्न ठाउँबाट प्रशारण लाइन भित्रिएका छन, हावाहुरीले रुखहरु ढल्ने र प्रशारण लाइनमा छुदा बिजुली जाने गरेको उल्लेख गर्दै उहाँले एउटा मात्र लाइनमा समस्या हुने वित्तिकै होल सिस्टमै प्रभाव पार्ने बताउनुभयो । हेटौडादेखि ढल्केवरसम्मको प्रसारण लाइनमा जंगलभित्र धेरै समस्या झेल्दै आएको उहाँको गुनासो छ ।
लकडाउनको बेलामा पनि विद्युत प्राधिकरणका कर्मचारीहरु मर्मत सम्र्भरको काममा अहोरात्र खटिएका छन् । रातीको समयमा पनि समस्या आउन साथ खटेर काम गर्ने गरेका छन्, हामी लकडाउनमा बिजुलीको समस्या खेप्नु नपरोस भनेर लागेका छौ, उहाँले भन्नुभयो । हावाहुरीको कारण ठाउँठाउँमा पोल ढलेपछि मर्मत गर्न समय लाग्छ, मर्मत गर्र्न लाइन काडदा पनि बिजुली जान्छ, हामी प्रभावकारी रुपमा विद्युत सेवा दिन लागिरेका छौ, प्राविधिक समस्याले केही सेकेन्ड र मिनेट जाने विषयलाई क्रमश, न्युनिकरण गर्ने क्रममा छौं, घिसिङ भन्नुहुन्छ ।
सबैतिर अण्डरग्राउण्ड गर्न सकेको अवस्थामा हावाहुरी, चटयाङ, बर्षा र हावाहुरीको जोखिम हुँदैन्, उहाँले भन्नुभयो,‘कुनै ठाउँमा ट्रान्फर्मर पडकिन्छ । लाइनमा अवरोध हुँदा विद्युत त्यसै खेर जानु पर्ने अवस्था छ, प्राविधिक समस्या आइरहन्छ, त्यसको पहिचान गरेर समाधान गर्न केही समय लाग्छ ।’

नेपालमा हरेक बर्ष जेठदेखि असारसम्म बर्षा हुन्छ । त्यति बेला बर्षामा जम्मा हुने लेदोको कारण पावरहाउस नै बन्द गर्नुपर्ने हुन्छ । पावर हाउस मर्मत गर्नुपर्ने हुन्छ । असोजदेखि माघसम्म राम्रो महिना मानिन्छ, उहाँले भन्नुभयो,‘नेपालमा असोजदेखि माघसम्म पानी पनि सफा हुन्छ, हावाहुरी पनि लाग्दैन । माघपछि हिउ पर्ने सिजन भएकाले सप्लाईमा समस्या हुन्छ ।’

विद्युत प्राधिकरणले सुधारको कामलाई तीब्रताको साथ अगाडि बढाएको बताउदै सबस्टेसन थप्ने, पुराना ट्रान्फर्महरु परिवर्तन गर्ने कामलाई अगाडि बढाएको घिसिङले बताउनुभयो । वस्ती बढदै जादा पुरानो ट्रान्फर्मले मात्र धान्न सक्ने अवस्था छैन् । एकछिन बत्ती जान्छ । प्राकृतिक रुपमा हुने अवरोध प्राधिकरणको वसमा छैन् । रुख काटन पाइदैन, हाँगा काटन पनि अवरोध छ । बेलुका भएपछि हावाहुरी आउछ, लगत्तै सम्भावित दुर्घटना हुनबाट बचाउन लाइन काटनु नै पर्ने अवस्था आउछ । आगलागी भयो भने ठूलो दुर्घटना हुन्छ, घिसिङले भन्नुभयो ।

ठाउँठाउँमा ट्रान्फर्मर थप्ने कम भइरहेको छ, यसको लागि त लाइन काटनु नै पर्ने हुन्छ । त्यति बेला त बिजुली काटिन्छ नै । सकेसम्म उपभोक्तालाई असुविधा नहोस भनेर मिलाएर मर्मत गर्ने गरेका छौं, उहाँले भन्नुभयो,‘नांगो तार छ, चटयाङले अवरोध गर्छ । जोडनु त पर्यो । एक ठाउँमा अवरोध हुँदा होल सिस्टमै समस्या पर्छ । राती बत्ती जादा पनि आधा घण्टा एक घण्टाभित्रमै बिजुली आएकै छ, प्राविधिक समस्यालाई नागरिकहरुले बुझिदिनु पर्यो ।’

प्रतिक्रिया दिनुहोस्