कोरोनाको आशंका गरिएका रामेछापका दुवै जनाको रिपोर्ट नेगेटिभ
२६ वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा दुई जना आइसोलेसनमा भर्ना भएका बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र ज्वरो आएका दुई बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाइएको थियो ।
जिल्ला अस्पताल रामेछापका कोरोना रोग सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको रामेछाप न्युजलाई बताउनुभयो । विहिवार मन्थली नगरपालिकाका दुई व्यक्तिलाई आइसोलेसनमा भर्ना गरिएको थियो । डा. आचार्यका अनुसार दुवै बिरामीको अवस्था सामान्य रहेकाले छिट्टैं डिस्चार्ज हुने जानकारी दिनुभयो ।
हालसम्म जिल्ला अस्पतालमा भर्ना भएका ६ जनालाई कोरोनाको आशकामा स्वाब परीक्षण गर्न काठमाडौ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।