यस्तो छ सरकारले कोरोनापछि ल्याउन लागेको बजेटको सिद्धान्त र प्राथामिकता (पूर्णपाठ)
२८ वैशाख, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/०७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गरेका छन् । बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी बजेट ल्याउने तयारी गरेको उनले भने ।
२३ पृष्ठ लामो बजेटकमा सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले जनताको द्रूत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने बताए । उनका अनुसार विश्वव्यापी महामारीले सिर्जना गरेको शिथिल परिस्थितिको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडि बढाउने खालका कार्यक्रमहरू बजेटमा समावेश हुने भएका छन् ।
सरकारले राष्ट्रिय गौरव तथा सञ्चालनमा रहेका ठूला आयोजनामा स्रोत सुनिश्चित गरिएको जनाएको छ । अर्थमन्त्री डा. खतिवडाका अनुसार उत्पादनका साधनमा सबै नागरिकको पहुँच पुग्नेगरी बजेटको प्राथमिकता तय गरिएको छ ।
हेर्नुस पूर्णपाठ