शिक्षण अस्पतालमा भर्ना भएकी ६ बर्षिय बालिकामा कोरोना संक्रमणः शिक्षण अस्पताल सिल



१ जेठ,काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अस्पतालको न्युरो वार्डमा भर्ना भएकी छ बर्षिय बालिकामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
अहिले अस्पतालले वार्ड सिल गरेको छ । अहिले बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयले यसअघि कोरोना संक्रमितको संख्या २५० भएकोप्रति सच्याउदै २ सय ४८ जना मात्र पुगेको जनाएको छ ।

शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले चिकित्सकसहितको बैठक बस्न लागेको जानकारी दिएका छन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा केही दिनअघि भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान ६ बजेर १५ मिनेटमा सार्वजनिक गरेको दुई संक्रमितमध्ये एकजना तिनै बालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथावार्डमै रहेका बिरामी चिन्तित भएका छन् । शिक्षण अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीले सबैजनाको पिसिआर परीक्षण गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्