मदन भण्डारी कम्युनिष्ट आन्दोलनका नवीन विचारकः मन्त्री ढुंगेल
३ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापका सह–इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जनताको बहुदलिय जनवादको महत्व झन बढदै गएको बताउनुभएको छ ।
२७औं मदन–आश्रित स्मृति दिवस सन्दर्भमा उहाँले जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सो कुरा बताउनुभएको हो ।
त्यसैगरी मन्त्री ढंगेलले आजकै दिन ऐतिहासिक पार्टी एकीकरणको दोस्रो वर्षगाँठको अवसरमा पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य, समर्थक एवं शुभचिन्तकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता रहनुभएको बताउदै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न मदन भण्ढारीले प्रतिपादन गर्नुभएका विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कुशल संगठकका रूपमा प्रतिष्ठित जीवराज आश्रितले पार्टी संगठनको विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको बताउदै उहाँले जनआधारित कार्यकर्ता पार्टीको अवधारणाअनुरुप शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नमा आश्रितले दिनुएको योगदान आज पनि प्रेरणादायी रहेको स्मरण गर्नुभयो ।