रामेछापले गुमायो प्रजातान्त्रिक याेद्धाः ढुंगेलको आजै पशुपतिमा अन्त्यष्टि
५ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका क्रान्तिकालिन योद्धा रुद्र प्रसाद ढुंगेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । काठमाडौंको कुलेश्वर स्थित आफ्नै डेरामा आज निधन हनुभएका ढुंगेलको आज नै अन्त्यष्टि गरिएको हो ।
कांग्रेसको भातृ संस्था प्रजातान्त्रिक सेनानी संघको पुर्व केन्द्रिय सदस्य ढुंगेलको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र रामेछाप कांग्रेसका सभापति लवश्री न्यापानले पार्टीको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो । श्रद्धान्जली दिदै नेता बस्नेतले पार्टीले देशले र समग्र लोकतान्त्रिक आन्दोलनले एक अथक योद्धा गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ढुंगेलबाट हामील्े धेरै सिक्नुपर्छ उहाँको आदर्श हरेक राजनीतिकर्मीको जीवनमा देखिनुपर्छ ।’
बि.स १९९६ जेठ २९ गते रामेछापको पकरबासमा बुबा पुण्यप्रसाद र आमा शारदादेवी ढुंगेलको माइलो सन्तानको रुपमा जन्मनु भएका ढुंगेल जननायक बीपी कोइरालाको विश्वासिलो पात्र हुनुहुन्थ्यो । नेपाली कांग्रेस रामेछापका पुर्व उपसभापति समेत रहनुभएका ढुंगेल पटक–पटक महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । २०१८ सालमा पञ्चायतका विरुद्ध रामेछाप जिल्लाको बडाहाकिम कार्यलयमा बम प्रहार गर्ने साहसी नेता हुनुहुन्थ्यो ।
पटकपटक गरि ८ बर्ष जेल र ७ वर्ष भारत प्रवास बस्नुभएका नेता ढुंगेल सत्ता लोलुपता देखि टाढा रहेर आदश राजनीतिक गरेको नेपाली कांग्रेसका युवा नेता रत्नहरि ढुंगेलले बताउनुभयो । उहाँका अनुसार रुद्र प्रसाद ढुंगेललाई श्रद्धान्जली बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, नेकपा रामेछापका इन्चार्ज देवशकंर पौडेल, नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको सहभागीता रहेको थियो ।
त्यसैगरी कांग्रेस रामेछापका सभापति न्यौपाने , पुर्व सभापति रामचन्द्र खड्का , नेताहरु वीर बहादुर तामाङ, झनक श्रेष्ठ, भरत चौलागाईं , रत्न बहादुर कार्की, जीत बहादुर मगर, रत्नहरि ढुंगेल लगायतको सहभागीता रहेको थियो ।