रामेछापमा आइसोलेसनमा भर्ना भएका ४ जनाको रिपोर्ट नेगेटिभ २ जनाका आउन बाँकी
१४ जेठ, रामेछाप ।
आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएर जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा भर्ना भएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वाब पठाएको पाँच दिनपछि चार जनाको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यलय चार जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी दुई जनाको रिपोर्ट आउन बाँकी रहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा उपचार गराइरहेका सबैको अवस्था सामान्य रहेको छ ।