चट्याङले लाग्दा रामेछापमा सेनाका जवान घाइते, अस्पतालमा उपचार हुँदै
१४ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा चट्याङ लागेर नेपाली सेनाका एक जवान घाइते भएका छन् । रामेछाप नगरपालिकामा रहेको नयाँ गोरखगणमा कार्यरत नेपाली सेनाका जवान रामशरण ढकाल घाइते भएका हुन् । घाइते ढलालका हाल जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले रामेछाप न्युजलाई बताए । उनका अनुसार डियुटीमै बसिरहेको बेला अकास्मत परेको चट्याङले सेनाका जवानको खुट्टामा चोट लागेको छ ।