क्वारेन्टाइनमा बसेका रामेछापका ६४ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइयो
२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लाका ६४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौं पठाइएको छ । भारतबाट जिल्ला फर्किएर हाल क्वारेन्टाइनमा बसिरहेका ६४ जनाको पिसिआर रिपोर्ट परीक्षण गर्न काठमाडौं पठाइएको हो ।
जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यका अनुसार मन्थली नगरपालिकाका ९ जना रामछाप नगरपालिकाका ८ जना, दोरबा गाउँपालिकाका १० जना, लिखु तामाकोसी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रिपोर्ट आउने प्रतिपक्षामा छौ, क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै हामीले कोरोना भएको हुन सक्ने आशकामा स्वाब संकलन गरेर परीक्षणको लागि पठाइरहेका छौं ।’