रामेछापमा एकै साथ १७ जनामा कोरोना भाइरस भएको पुष्टि



२३ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा एकै साथ १७ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जिल्लाका १७ जनामा कोरोना भाइरस पुष्टि भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । जिल्लाका विभिन्न गाउँपालिका अन्तर्गत क्वारेन्टाइनमा रहेका ६४ जनाका स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाइएको थियो । कर्णका अनुसार १७ जनालाई संक्रमण भएको पुष्टि भएको र कुन स्थानीय तहका हुन भन्ने विषयको जानकारी प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्