भ्वाँसा च्यारिटी सेन्टरद्धारा बेथानका १२ सय ९८ घरधुरीलाई राहत वितरण



५ असार, काठमाडौं ।
लकडाउनको कारण सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानका वडावासीको जनजीवन कष्टकर हुँदै गएपछि सुनापती भ्वाँसा च्यारिटी सेन्टरको पहलमा राहत वितरण गरिएको छ । भ्वाँसा रहेको भ्वाँसा च्यारिटी सेन्टरले वडाभित्रका १२ सय ९८ घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।

भ्वाँसा च्यारिटी सेन्टरका सञ्चालक समेत रहनुभएका बौद्ध धर्म अध्ययन केन्द्र सुनापती भ्वाँसाका अध्यक्ष धर्मगुरु विमानसिंह तामाङको व्यवस्थापनमा एकै पटक वडाभित्र राहत वितरण गरिएको छ । मेडिकल सेन्टरले प्रति घरधुरी बराबर २५ केजीको एक बोरा चामल उपलब्ध गराएको छ ।
सुनापती भ्वाँसा च्यारिटी सेन्टरका सचिव सचिव कमान सिंह तामाङले विपदको बेला आफूहरुले सक्दो सहयोग गर्दै आएको बताउनुभयो । उहाँले मेडिकल सेन्टरले विद्यालयका विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य उपचार र वृद्धबृद्धालाई ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार गराइरहेको जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्