वैदेशिक रोजगारी खुला गर्ने सरकारको निर्णय



५ जेठ, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९)को कारण लकडाउन लागू भएसँग बन्द गरिएको वैदेशिक रोजगारी पुनः खुला भएको छ । सरकारले सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अुनसार श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान पाइनेछ ।
बैठकले देशभरका क्वारेन्टिन स्थल सुधार गर्ने र र त्यहाँ बसेको दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
त्यसैगरी सीसीएमसीको बैठकले अत्यावश्यक काम बाहिर बाहिर ननिस्कन, निस्किदा मास्क लगाउनु र भौतिक दुरी कायम गर्न पनि अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्