रामेछापमा श्रीमान श्रीमतीलाई नै कोरोना संक्रमण



६ असार, रामेछाप ।
रामेछाप जिल्लामा फेरि कोरोना संक्रमितको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्र रामेछाप जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लिखु तामाकोशी गाउँपालिका– ४ का ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेहरुमा १ महिला र २ पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले संक्रमित पुष्टि हुनेमा ३३ बर्षिय एक पुरुष र दुई जना २५ २५ बर्षका श्रीमान श्रीमती रहेका छन् । कर्णका अनुसार केही समय अघि भारतबाट आएर वडाकै क्वारेन्टाइनमा बसेका थिए । ७ दिन क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको र आज रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्