बागमती प्रदेश सरकारबाट रामेछापका ८ स्थानीय तहलाई ३९ करोड, कुन स्थानीयलाई कति ?



१० असार, काठमाडौं ।
बागमती प्रदेश सरकारले रामेछापको आठ वटा स्थानीय तहलाई अन्तर सरकारी वृत्त हस्तारण अन्तर्गत ३९ करोड ६४ लाख उपलब्ध गराएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक बर्ष २०७७ । ०७८ को बजेट अन्तर्ग रामेछापको ८ स्थानीय तहलाई सो बजेट उपलब्ध गराइएको हो ।


मन्थली नगरपालिकामा ७ करोड ७९ लाख, रामेछाप नगरपालिका ५ करोड ७ लाख, उमाकुण्ड गाउँपालिकामा ५ करोड ८८ लाख, खाँडादेवी गाउँपालिकामा ६ करोड ६ लाख, गोकुलगंगा गाउँपालिकामा ३ करोड ६६ लाख, दोरम्बा गाउँपालिकामा ५ करोड ८५ लाख, लिखु तामाकोसी गाउँपालिकामका २ करोड ९३ लाख र सुनापती गाउँपालिकामा ३ करोड ३८ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्