गोकुलगंगा गाउँपालिकाको बजेट ६२ करोड, प्राथमिकताः कृषि
१२ असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७।०७८ का लागि ६२ करोड ३१ लाखको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त बजेट प्रस्ताव गरिएको हो ।
सातौ गाउँसभामा चालतर्फ ७ करोड २७ लाख, २८ हजार र पुँजीगततर्फ २३ करोड ९२ लाख ६४ प्रस्तुत गरेको छ । गाउँसभाकाले पूर्वाधार विकासतर्फ १२ करोड, आर्थिक विकासतर्फ ६ करोड, सामाजिक विकासतर्फ ३ करोड, वन तथा विपद्तर्फ १ करोड प्रस्तुत गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाले स्वास्थ्य र कृषि क्षेत्रको लागि बजेटमा प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुबाटै गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।