प्रधानमन्त्री ओलीको राजिनामा माग्नु जनमतको अपमान होः मन्त्री ढुंगेल



१८ असार, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । उहाँले पार्टी एकताको नेतृत्व गर्ने, दुई तिहाई बहुमत ल्याउन नेतृत्व गर्ने र भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन भूमिका खेल्नु भएका प्रधानमन्त्रीको अहिले विकल्प खोज्ने बेला नभएको बताउनुभएको हो ।

‘देश, पार्टी र नेपाली जनताका निम्ति प्रधानमन्त्रीको राजिनामा माग्ने विषय सान्र्दभिक हुन सक्दैन’,मन्त्री ढुंगेलले भन्नुभयो,‘भारतसँग भूमि फिर्ता ल्याउन लाग्नु पर्ने बेला पार्टीभित्रबाट राजिनामा माग्नु जनमतको विपरीत हो ।’

नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको बताउदै उहाँले एकताबद्ध भएर जानु पर्ने बेलामा राजीनामा मागिनुलाई शतप्रतिशत गलत भएको बताउनुभयो ।
राष्ट्रियतको मुद्दामा ओली नेतृत्वको सरकारले अहिलेसम्मकै ऐतिहाक निर्णय गरेको बताउदै मन्त्री ढुंगेलले अहिलेको सरकारलाई थप बलियो र मजुबद्ध बनाएर अगाडि बढनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्