बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
१९ असार, हेटौडा ।
बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७ र०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जवाफ दिएपछि शुक्रबार बजेट पारित गरिएको हो । बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७र७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।
त्यसैगरी बागमती प्रदेशसभाको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ लाई बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
उक्त विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यले सरकारले प्रशासनिक खर्च कटाएर स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि सडक निर्माण र उपेक्षित वर्गलाई आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो । प्रदेशसभा सदस्य केशवराज पाण्डे, सरेश नेपाल, सीता अधिकारी, प्रभात तामाङ, रमेश पौडेल, सुरेन्द्रराज गोसाईँ सिर्जना सैँजु, छिरिङ्दोर्जे लामा र पुकार महर्जनले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
।