पार्टी एक नरहन सक्ने प्रधानमन्त्री ओलीको खुलासा



२० असार, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक रहने सम्भावना निकै कम रहेको बताउनुभएको छ । उहाँले आफूले पार्टीलाई बचाउन अन्तिमसम्म कोशिस गर्ने बताउदै अथक प्रयास गर्दा पनि सफल नभए पार्टी एक नरहने बताउनुभएको हो ।

शनिवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकमा मन्त्रीहरुलाई राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराउदै प्रधानमन्त्री ओलीले आफूले अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्ने यदी सकिएन भने अलग हुने बताउनुभएको छ ।

आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको बताउदै उहाँले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारत पनि लागेको कुरा मन्त्रीहरुलाई जानकारी गराउनुभयो ।

एक मन्त्रीले प्रम ओलीको भनाई उदृत गर्दै भने,‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ, यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्