विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक



२२ असार, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ पछिल्लो समय छोराहरुसँग काठमाडौंमा बस्दै आउनुभएको थियो ।


घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहनुभएका घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भइ उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै निधन भएको परिवारका आफन्त एवं सुनापती गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग घिसिङले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार केही समय अघि दुई साता आफ्नो जन्मभूमि डहुमा बसेर कृपासिं घिसिङ काठमाडौं फर्किनुभएको थियो । धुम्बाराहीस्थित माइलो छोरा गणेश घिसिङसँग बस्दै आउनुभएको थियो ।
मृतक घिसिङका आज नै अन्त्यष्टि गरिने परिवारले बताएको छ । परिवारका अनुसार आज बिहान १० बजेट तामाङ गुम्बाबाट स्यम्भुमा लगेर अन्त्येष्टि गरिनेछ । प्राधिकरणका निर्देशक कुलमान घिसिङको बुबा कृपासिंह घिसिङको निधनप्रति रामेछाप न्युज परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्