रामेछापमा गर्भवती महिलामा पनि कारोना संक्रमण पुष्टि



२४ असार, काठमाडौं ।
रामेछापमा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । जिल्लामा यसअघि कोरोना संक्रमण हुनेमा अधिकाश भारतबाट जिल्ला फर्किएका थिए । तर बुधवार जिल्लामै पहिलो पटक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मन्थली नगरपालिका गेलुकी एक गर्भवती महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो । पेट दुखेपछि ती गर्भवती महिलालाई गेलु स्वाथ्य चौकीले थप उपचारको लागि पाटन अस्पताल पठाएको थियो ।

टेकुमा गरिएको पिसिआर परीक्षणमा ती गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि हाल पाटल अस्पतालको आइसोलेनमा उपचार भइरहेको पाटन अस्पताल स्रोतले बताएको छ । अस्पतालका अनुसार गर्भवती महिलाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्