रामेछापमा थप एक जनामा कोरोना संक्रमण पुष्टि



१७ भदौ, रामेछाप ।
रामेछाप जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि वीर अस्पतालमा उपचारको क्रममा अस्पतालमा स्वाब दिएका ती बिरामीमा कोरोना संक्रमण देखिएको हो ।

मन्थली नगरपालिकाका ६५ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि आइसेलनसमा राख्ने विषयमा कुराकानी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार संक्रमित व्यक्तिलाई केही दिन अघि एम्बुलेन्सबाट काठमाडौं लगिएको र कन्टयाक ट्रेसिङको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्