तीन वटा मुद्दामा हिरासतमा रहेका गोविन्द खडकालाई अदालत पेश गरिने
१८ भदौ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कामाथि दर्ता भएको तीन वटा मुद्दामाथि प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । प्रहरीले तेस्रो पटक छ दिनको लागि थप परेको म्याद अब दुई दिनपछि सकिदैछ । झण्डै २४ दिन हिरासतमा राखेर प्रहरीले अन्सन्धान अन्तम अवस्थामा पुर्याएको बताएको छ ।
शरीर बन्दक मुद्दामा प्रक्राउ परेका खड्माथि हिरासतमै रहेको बेला ठगी र बलात्कारको थप दुई वटा मुद्दा पनि दर्ता भएको छ । गाउँपालिकाकै एक महिलाले दस महिना अघि आफूलाई खड्काले बलात्कार गरेको अभियोग लगाउदै बलात्कारको मुद्दा दर्ता गराएकी छिन् ।
मूलुकी संहिता अनुसार बलात्कारको अभियोगमा एक बर्षसम्म मुद्दा दर्ता गर्न पाइने प्रावधान छ । शहरी बन्दकको मुद्दामा पनि प्रहरीले प्रमाण जुटाउने काम सम्पन्न गरिसकेको छ । धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले दिएको उजुरीमा उक्त दिन आफू कार्यालयमा नै नभएको बयान खड्काले प्रहरीलाई दिएका थिए । तर गाउँपालिकाका कर्मचारीले उक्त दिन खडका कार्यालयमै रहनुको साथ फाइलमा हस्ताक्षर गरेको प्रमाण समेत प्रहरीले जुटाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले खड्काको विरुद्ध भएको तीन वटै मुद्दामाथि एक साथ अनुसन्धान सम्पन्न गरेर केही दिनभित्र नै अदालतमा पेश गरिने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरीले गर्ने अनुसन्धानको काम अन्तिम चरणमा पुर्याएको छ, कानुनी प्रावधान अनुसार अब अदालतमा पेश गछौं ।’