खाँडादेवी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने निर्णय



२१ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट दिने निर्णय गरेको हो । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई पारदर्शी बनाउन बैकिङ प्रणालीबाट प्रदान गर्ने निर्णय गरेको हो । सामाजिक सुरक्षा भत्ता बैंकबाट तिवरण गर्नको लागि गाउँपालिका र लक्ष्मी बैंकबीच १४ बुँदे  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने निर्णय अनुसार बैंकसँग सम्झौता भइसकेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा ३२ सय ३१ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । गाउँपालिकाको नौ वटै वडामा सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्