रामेछापका ९३ जनामा कोरोना संक्रमण,५५ जनाको रिपोर्ट आउन बाँकी



२२ भदौ, रामेछाप ।
रामेछापका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा स्वाब संकलन गरेका ४३ जना र काठमाडौ सहित विभिन्न जिल्लामा स्वाब दिएका ५० जनामा गरी ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हालसम्म १२ सय ६६ जनाको स्वाब संकलन गरिएकोमा ४३ जनाको मात्र कोरोना संक्रमण देखिएको छ । संक्रमित ४३ जना मध्ये ३३ जना स्वास्थ्य भएर घर फर्किसकेका छन् भने बाँकी १० जना आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले संक्रमित १० जना मध्ये पाँच जना प्रहरी जिल्ला अस्पतालमा, चार जना रामेछाप नगरपालिकाले तयार गरेको आइसेलेनमा र तामाकोसी अस्पतालका स्वाथ्यकर्मी होम आइसोलेसनमा रहेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
थापाका अनुसार जिल्लाबाट स्वाब संकलन गरेर पठाइएको मध्ये ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौ सहित विभिन्न जिल्लामा स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको रामेछापका ५० जना मध्ये ३५ जना भन्दा बढी स्वास्थ्य भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्