रामेछापमा पहिलो पटक बिजुली बस सररर….



२ असोज, काठमाडौं ।
रामेछाप जिल्लामा पहिलो पटक बिजुली बस सञ्चालनमा आएको छ । राजधानी काठमाडौं उपत्यमा बिजुली बस सञ्चालनमा रहेपनि रामेछाप जिल्लामा भने आजबाट बिजुली बस सञ्चालनमा आएको हो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आज तीनकुनेबाट मन्थलीसम्म सञ्चालन हुने दुई वटा बिजुलीबाट चल्ने मिनी बसको उदघाटन गर्नुभयो । प्रतिघन्टा ११० किलोमिटरमा गुडने बिजुली बस काठमाडौं बाहिरका जिल्लामा चल्ने रामेछाप जिल्ला पहिलो बनेको छ ।

बिजुली बस सञ्चालक कम्पनी भवलक्ष्मीका सञ्चालक ऋतुप्रसाद चौलागाईंले देशभित्रको बिजुली खपत बढाउन बिजुली बस सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बसको सिट आरमदायी छन, नेपालभित्र उत्पादन हुने बिजुलीबाट बस चलाउन पाउदा खुसी छौं ।
उहाँका अनुसार एउटा बिजुली बस ९६ लाख रुपैयाँमा खरिद गरिएको हो । चौलागाईले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले टाटासुमोले लिने भाडा लिएका छौ, अहिले आधा मात्र यात्रु बोक्न पाउने नियम अनुसार साढे सात सय भाडा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्