थुनछेक बहस सकियोः गोविन्द खडका घर जाने कि जेल जाने ? केहीबेरमा फैसला हुँदै



९ असोज, रामेछाप ।
तीन वटा मुद्दामा पक्राउ परेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकामाथि आज अदालतमा थुनछेक बहस सकिएको छ । एक महिना अघि पक्राउ परेका खडकाको पक्ष र विपक्षमा आज नौ वटा वकिलहरुले थुनछेक बहसमा भाग लिएका थिए । खड्कामाथि शरीर बन्द, ठगी र बलात्कार गरी तीन वटा मुद्दा प्रहरीमा दर्ता भएको  थियाे ।

पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अदालत पेश गरेको थियो । अदालतमा दुवै पक्षको बयान सकिएसँग आजै जिल्ला अदालत रामेछापले खडकालाई रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा पठाउने फैसला गर्ने भएकोछ ।

प्रतिक्रिया दिनुहोस्