जिप्रका रामेछापले भन्यो–तीन कारणले जिल्लामा कोरोना संक्रमण बढयो



२३ असोज, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले तीन कारणले गर्दा जिल्लाभित्र कोरोना संक्रमण बढेको बताएको छ । विहिवार एकै दिन जिल्लाभित्र वीस जनामा कोरोना संक्रमित थपिएपछि जिल्ला प्रशासन कार्यालयले तीन कारणले संक्रमण बढिरहेको निष्कर्ष निकालेको हो ।

जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोनाको संक्रिमित जिल्लाभित्र बढनुमा रामेछाप–काठमाडौं आवत जावतमा बृद्धि, मास्कको प्रयोगमा अनिच्छुकता, सामाजिक दुरीको परिपालनामा हेलचेक्रयाइँ गर्नाले संक्रमणमा बृद्धि भएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालयको प्रयास, सुरक्षाकर्मी स्वास्थ्यकर्मीहरुको सहयोगको बाबजुद पनि जिल्लाभित्र कोरोना संक्रमण बढनु स्वयंम आफैमा चुनौतीपूर्ण बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्