रामेछापको सदरमुकाम मन्थली कोरोनाको उच्च जोखिममा, फेरि थपिए १० संक्रमित



१८ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थली कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । केही समय अघिबाट मन्थलीमा समुदाय स्तरमा देखिएको कोरोना संक्रमण थप बढदै गएको हो ।

मन्थली नगरपालिकामा आज मात्र थप १० जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले मन्थली नगरपालिकाका १२ जनाको स्वाब पठाइएकोमा जसमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

उहाँका अनुसार आज थपिएको संख्यासगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १७२ पुगेको छ । संक्रमित मध्ये मंगलवारसम्म १ सय ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएको थापाले जानकारी दिनुभयो ।

हाल मन्थली नगरपालिकामा १० जना, जिल्ला अस्पतालमा एक जना र गोकुलगंगा गाउँपालिकामा एक जना गरि १२ जनाको आइसोलेशनमा उपचार भैरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्