रामेछापमा यस बर्ष देउसी भैलो खेल्न निषेध (सूचनासहित)



२७ कात्तिक, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले यस बर्ष देउसी भैलो नखेल्न रामेछापवासीलाई आग्रह गरेको छ । जिल्लाभित्र कोरोना संक्रमणको जोखिम रहेकाले तिहारमा देउसी भैलो नखेल्ने आग्रह गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमण थप फैलिन नदिद देउसी भैलो खेल्ने कार्यक्रमलाई पूर्ण रुपमा निषेध गरिएको बताउनुभयो ।
जिप्रका रामेछापले पटका पडकाउने जुवातास खेल्ने जस्ता गैरकानुनी क्रियाकलापहरु गरे कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्