रामेछापमा नेपाली काग्रेसको क्रियाशिल सदस्यता ११ हजार पुर्‍याइने



१३ मंसिर,रामेछाप ।
नेपाली कांग्रेस रामेछापले क्रियाशिल सदस्यता दोब्बर बनाउने भएको छ । पार्टी केन्द्रको नीति र परिपत्र अनुसार हाल जिल्लामा कायम रहेको ५ हजार सात सय क्रियाशिल सदस्यताबाट थप ५ हजार ७ सय नयाँ क्रियाशिल सदस्य वितरण गर्न लागिएको हो । १३ औं महाधिवेशनमा रामेछाप जिल्लामा कांग्रेसले ५ हजार ७ सय क्रियाशिल सदस्यता वितरण गरेको थियो । नयाँ क्रियाशिल सदस्यता थपिएसँगै ११ हजार ४ सय पुग्ने भएको छ ।

रामेछापको ६४ वटै वडा कार्य समितिमा क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढेको छ । जिल्ला कार्यसमितिबाट दुई प्रदेश कार्य समिति हुँदै आठ वटै पालिका कार्य समिति मार्फत ६४ वडाले क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढेको हो । क्रियाशिल सदस्यता वितरण गर्दा वडा भेला गरेर गरिने प्रावधान तय गरेको छ ।

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जिल्लाभित्र क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले पार्टी केन्द्रीय कार्यालयको परिपत्र अनुसार यही मंसिर मसान्तभित्र सम्पन्न गर्ने क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढेको बताउनुभयो ।
क्रियाशिल सदस्यताको लागि साधारण सदस्यता लिएको दुई बर्ष हुनुपर्ने, अन्य पार्टीबाट प्रवेश गरेको हकमा अर्को पार्टीमा रहदाको जिम्मेवारीको आधारमा सदस्यता विरण गर्ने निर्णय भएको छ ।
‘वडा कार्य समितिले पालिका हुँदै प्रदेश कार्यसमितिले जिल्ला कार्य समितिलाई सदस्यताको विवरण बुझाउछ’, सचिव कार्कीले भन्नुभयो,‘जिल्ला कार्य समितिका सभापति र दुई सचिवले समितिले क्रियाशिल सदस्यताको अन्तिम टुंगो लगाएर केन्द्रमा पठाउछ ।’
क्रियाशिल सदस्यता वितरणको काम अगाडि बढेसँगै जिल्लाको नेतृत्वको लागि समेत नेताहरुले गृहकार्य अगाडि बढाएक छन् ।

प्रतिक्रिया दिनुहोस्