घतानेको अध्यक्षतामा कलाकार समाज गठन



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा जीवन घतानेको अध्यक्षमा १३ सदस्यीय रामेछाप सांस्कृतिक कलाकार समाज गठन भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीभण्डारमा आइतवार आयोजित भेलाले घतानेको अध्यक्षतामा समाजको गठन गरेको हो ।

गाउँपालिका स्तरीय कलाकार समाजको उपाअध्यक्षमा हिमाल सुनुवार,सचिवमा दृष्टी खाती, सह सचिवमा मनिष सुनुवार र कोषाध्यक्षमा सिमान्तसिंह बराइली चयन छन् ।
त्यसैगरी सदस्यरुमा सुमन बराईली, रविन्द्र घताने, बविता कार्की, अरुणा खाती, गिरिराज खड्का, अभिनाश खाती, पुजा कार्की र प्रसिला सुनुवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्