रामेछापका किसानलाई पचास प्रतिशत अनुदानमा बोका पाठी वितरण



१६ मंसिर, रामेछाप ।
कृषि तथा पशुपंक्षी विकास मंत्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रामेछापले किसानहरुको लागि पचास प्रतिशत अनुदानमा बोयर बोका र पाठीहरु वितरण गरेको छ । यस बर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर क्रस बोका तथा पाठीहरु बितरण गरेको हो ।


परियोजनाको कार्यक्रम अनुसार सञ्चालन भएको बाख्रा जोन क्षेत्रबाट सुचिकृत भएका निजी फर्म, कृषि सहकारी तथा समूहलाई पहिलो चरणमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मंगलवार बोयर जातको १५ बोका र ११ पठी बितरण गरे ।


बाख्राको नश्ल सुधार गरी मासु उत्पादन बृद्धि गर्न किसानलाई मद्दत पुगोस् भन्ने हेतुले उन्नत जातका बोयर बोकाहरू उपलब्ध गराई बितरण गरिएको परियोजना कार्यन्वयन इकाई रामेछापका बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले बताए । गत बर्ष पनि परियोजनाले ३० वटा बोयर बोकाहरु बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्