महिला हिंसा अन्त्य गर्न सबै मिलेर लागौः दाहाल
२१ मंसिर, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका कार्यवहाक अध्यक्ष दीपशिखा दाहालले समाजमा रहेको लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सबै मिलेर लाग्नु पर्ने बताइएकी छिन् । समाजमा अझै पनि रुढीवादी संस्कार र मान्यताबाट बाहिर आउन नसकेको बताउदै विकिृत हटाउन समाजका सबै पक्ष मिलेर जानु पर्ने बताएकी हुन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रमको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवहाक अध्यक्ष दाहालले पुरुषलाई मात्र दोष दिने भन्दा पनि महिलाभित्र रहेका कमजोरीलाई पनि सच्याउनु पर्नेमा जोड दिइन ।
‘असमानता र विभेद घरबाटै सुरु हुने गरेको छ, समाजलाई परिर्वतन गर्न घरबाटै परवर्तनको अभियान थालौ ।’ एक अर्कालाई दोष लगाएर समृद्ध समाज निर्माण हुन नसक्ने बताउदै उनले अधिकार प्राप्तिको लागि स्वयंम महिलाहरु पनि सचेत हुनुपर्ने बताइन । उनले भनिन,‘महिला शसक्तिकरणको लागि गाउँपालिकाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्छ ।’
कुनै पनि प्रकारको हिंसाको प्रतिवाद गर्नुपर्ने बताउदै कार्यवहाक अध्यक्ष दाहालले हिंसा सहनु पनि गलत भएको बताइन । कोही कसैले हिंसा गरेको अवस्थामा गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिन आग्रह गर्दै उनले समाजमा रहेको विभेदको जालो तोडन सामाजिक जागरणको आवश्यकता रहेकोमा जोड दिइन ।