गोकुलगंगा गाउँपालिकाद्धारा किबी निर्यातमा कर लगाउने निर्णय



२१ मंसिर, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले किबी निर्यातमा कर लगाउने निर्णय गरको छ । गाउँपालिकाभित्र उत्पादित किबी निर्यात गर्दा किसानलाई कुनै मार नपर्ने गरी निकासी कर लगाउने निर्णय गरेको हो ।
यस बर्ष गाउँपालिकाभित्र करिब २० टन भन्दा बढी किबी उत्पादन हुने लक्ष्य गाउँपालिकाले राखेको छ । गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले किबी निर्यातमा कर लगाउने निर्णय भएको रामेछाप न्युजलाई बताए ।


उनले भने,‘गाउँपालिकाको प्रमुख स्रोत कृषि नै हो, कृषिबाटै गाउँपालिकालाई समृद्ध बनाउने अभियान सुरु गरिरहेका छौ, निर्यातकर्ताले प्रतिकिलो एक रुपैयाँ कर गाउँपालिकालाई तिर्नु पर्छ ।’
गाउँपालिकाभित्र किबीको व्यवसायिक रुपमा नै खेती सुरु भएको बताउदै अध्यक्ष सुनुवारले आगामी दिनमा किबीबाट किसानले राम्रो आम्दानी लिने बताए । किबी खेती गर्न गाउँपालिकाले भिन्न कार्यक्रम अगाडि सारेको बताउदै किसानहरुको आवश्यकताको पहिचान गरी गाउँपालिकाले बजेट विनियोजन गरेको बताए ।


किबीसँगै आलु खेती पनि व्यवसायिक रुपमा सुरु भएको छ, गाउँपालिकाको कार्यक्रमबाट किसानहरु पनि उत्साहित छन, गाउँपालिकाभित्र उत्पादित कृषिजन्य वस्तुलाई बजारसम्म पुर्याउने समन्वय समेत गाउँपालिकाले गर्छ, उनले भने

प्रतिक्रिया दिनुहोस्