ठेकेदार र उपभोक्ता समिति भ्रष्टचारको अखडाः नेता श्रेष्ठ



२७ मंसिर, रामेछाप ।
नेकपाका नेता तारानारायण श्रेष्ठले भ्रष्टचार बढनुमा निर्माण व्यवसायी र उपभोक्ता समितिको मुख्य हात रहेको बताउनुभएको छ । उहाँले मापदण्ड अनुसार काम गर्नतिर भन्दा पनि कमसल काम गरेर योजना पास गराउने खेलमा लाग्दा भ्रष्टचार बढदै गएको बताउनुभएको हो ।
सरकारले भ्रष्टचार बढायो भन्दा आरोपमा सत्यता नभएको बताउदै पूर्व सभासद समेत रहनुभएका नेता श्रेष्ठले सरकारले भ्रष्टचार गर्न र गराउन कहिले पनि उत्पेरित नगरेको बताउनुभयो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै नेता श्रेष्ठले निर्माण व्यवसायी र उपभोक्ता समितिले प्राविधिलाई घुस खान दिएर उल्टै सरकारले नै भ्रष्टचार गर्यो भनेर विष बमन गरिरहेको बताउनुभयो ।

सरकारले तोकेको मापदण्ड अनुसार काम गर्ने भन्दा पनि कम बजेटमा धेरै काम गरेर योजना सम्पन्न गराउने गलत संस्कार विकसित हुँदै जानु चिन्ताको विषय भएको बताउदै उहाँले स्टामेट अनुसार काम गर्दा पनि योजना पास नभए सम्बन्धित निकायमा गएर उजुरी दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्